भोजपुरमा आगलागीमा परी एकै परिवारका तीन बालबालिकाको मृत्यु — OSNepal

भोजपुरमा आगलागीमा परी एकै परिवारका तीन बालबालिकाको मृत्यु

LC (KTM) March 16, 2024 0

टक्सार (भोजपुर), ३ चैतः भोजपुरको हतुवागडी गाउँपालिका–७ मा भएको आगलागीमा परी एकै परिवारका तीन बालबालिकाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय भोजपुरका सूचना अधिकारी दलकुमार राईले आगलागीमा परी एक बालिका, दुई बालकको मृत्यु भएको जानकारी दिनुभयो ।

इलाका प्रहरी कार्यालय घोरेटारबाट घटनाको जानकारी आएपछि प्रहरी निरीक्षकको नेतृत्वमा प्रहरी टोली घटनास्थलतर्फ पठाइएकाले विस्तृत विवरण आउन बाँकी रहेको उहाँले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर