सुनको मूल्य दुई हजार छ सयले बढ्यो — OSNepal

सुनको मूल्य दुई हजार छ सयले बढ्यो

LC (KTM) March 21, 2024 0

काठमाडौँ, ८ चैत : स्थानीय बजारमा छापावाल सुनको मूल्य प्रति तोला रु दुई हजार ६ सयका दरले वृद्धि भएको छ । बुधबार प्रति तोला सुन रु एक लाख २५ हजार दुई सयमा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुनको मूल्य आज प्रति तोला रु एक लाख २७ हजार आठ सय तोकिएको छ ।

यस्तै तेजाबी सुन बुधबार प्रति तोला रु एक लाख २४ हजार ६ सयमा कारोबार भएको थियो । आज तेजाबी सुनको मूल्य रु एक लाख २७ हजार दुई सय निर्धारण गरिएको छ ।त्यस्तै चाँदीको मूल्य प्रति तोलामा रु ३५ ले वृद्धि भएको छ । बुधबार प्रति तोला रु एक हजार पाँच सय २० मा कारोबार भएको चाँदीको मूल्य आज रु एक हजार पाँच सय ५५ निर्धारण गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर