उदित नारायण झा को छोरा आदित्यको पहिलो तलब ७ हजार ५ सय, १८ बर्षको उमेर देखी थालेका थिए उद्घोषणको काम — OSNepal

उदित नारायण झा को छोरा आदित्यको पहिलो तलब ७ हजार ५ सय, १८ बर्षको उमेर देखी थालेका थिए उद्घोषणको काम

LC (KTM) July 29, 2021 0

आदित्य नारायणले होस्ट बाट जति प्रसिद्धि कमाए अन्य कुनै ब्यवसायिक जिवनमा देखिएको छैन । उनी यो बेला इण्डियन आइडल सिजन १२ को होस्ट गरिरहेका छन् । तर आदित्यले सन् २०२२ देखी टेलिभिजन शो को होस्टिंगको काम छोड्ने भएका छन् ।

उनले हालै यसको घोषणा गरेका हुन् । उनले भर्खरै दिएको एक अन्र्तबार्तामा होसिटंग छोड्नुको कारण बताएका छन् । भारतीय मिडिया बलिउड लाइफ संगको कुराकानीको क्रममा आदित्यले भने– मलाई लाग्यो कि यो घोषणाको सहि समय हो किनकी म संग पहिला नै ४ वटा प्रोजेक्ट लाइनमा छ ।

यसकारण म शो मेकर्सलाई यो जानकारी दिन चाहान्थे कि यो अफर स्वीकार गर्न सक्दिन । मलाई यो अस्वीकार गर्न पनि एकदमै दुःख लागेको छ कि पहिला भन्दा धेरै पैसा मिलेको थियो । उनले भने– जब म १८ बर्षको थिए सारेगमपमा होस्ट गर्न शुरु गरेको थिए । त्यतिबेला मलाई प्रति एपिसोड ७ हजार ५ सय रुपैया मिल्ने गरेको थियो ।

त्यतिबेला मलाई यो रकम ठुलो थियो अब मलाई करोडको अफर आएको छ तर मलाई अस्वीकार गर्दा दुःख लागेको छ । उनले अब आफु संगीतकै क्षेत्रमा काम गर्ने बताएका छन् । उनले आफ्नो संगीत संग निकै लगाव रहेका कारण यसलाई छोड्न नसक्ने बताएका छन् । आफुले टेलिभिजनमा होस्ट गर्न थाले देखी आफु एक गायक समेत रहेको कुरा बिर्सन थालेको समेत बताएका छन् । एक बर्षमा आफुले मुश्किलले २–३ वटा मात्र गित गाउन सकेको उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर