गायिका आशा भोसले जस्ले गाडीमा समेत गितको अभ्यास गर्न छोडिनन् , दीदी लता मंगेशकरको गरिन् यसरी मिमिक्री — OSNepal

गायिका आशा भोसले जस्ले गाडीमा समेत गितको अभ्यास गर्न छोडिनन् , दीदी लता मंगेशकरको गरिन् यसरी मिमिक्री

LC (KTM) July 29, 2021 0

लेजेण्ड सिंगर लता मंगेशकरको जस्तै उनकी बहिनी दिग्गज गायिका आशा भोसलेको नाम पनि ठुलै आश्चर्यका साथ लिने गर्दछन् । हालै आशा भोसलेले इण्डियन आईडल सिजन १२ मा उनले आफ्नो उपस्थिती जनाएकी छिन् ।

यसै दौरानमा उनले आफ्नो एकदमै चर्चित गित आजा आजा मै हुँ प्यार तेराको चाखलाग्दो कहानी समेत सुनाईन् । साथमा उनले आफ्नो दीदी लताको मिमिक्री समेत गरेकी छिन् । आशा भोसलेले भनिन्– यो गित एकदमै मुश्किल थियो मेरो लागि ।

आरडी बर्मन साहब घरमै आउनुभयो अनि तल बसेर बाजा लिएर उहाले मलाई भन्नुभयो तपाईले मेरो गित गाउँनुपर्छ । मैले पनि हुन्छ भन्दिए । त्यसपछि उहाले गित गाउन सुरु गर्नुभयो आजा आजा मै हु प्यार तेरा । साथै जब उहाँले हाहाहा (गीतको रमाईलो भाव) गर्नुभयो तब मलाई झट्का लाग्यो । यो त म बाट हुन सक्दैन ।

मैले भने पर्खनुस् म चार पाँच दिन पछि मात्र यो गित गर्छु । उनले आफुले गाडीमा समेत हाहाहा गर्न अभ्यास गरिरहने गरेको कुरा खलाईन् । जतिबेलै गाडिमा हाहाहा अभ्यास गरिरहदा एक दिन अचम्मै भएको बताईन् ।

उनले भनिन्– म सधै गाडिमा हाहाहा को अभ्यास गरिरहेको हुन्थे । मेरो गाडि एकदिन हाजी अली पुग्यो । मेरो घर त्यहि छ अनि हस्पिटल पनि । त्यसैले ड्राइभरलाई लागेछ कि मेरो श्वास बढेर साह्रो पारेछ अनि उसले हस्पिटल तिर गाडि लैजाउँ भनेर सोध्यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर