कांग्रेस संसदीय दलको बैठक आइतबार — OSNepal

कांग्रेस संसदीय दलको बैठक आइतबार

LC (KTM) April 13, 2024 0

काठमाडौँ, १ वैशाख : नेपाली कांग्रेस संसदीय दलको बैठक भोलि आइतबार बस्ने भएको छ । नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनको ल्होत्से हलमा बिहान ८ बजे बस्ने बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ ।

सरकारले संसद्को चालु अधिवेशन भोलिदेखि अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निणय गरेको सन्दर्भमा कांग्रेस संसदीय दलको यो बैठक बस्न लागेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर