गणतन्त्रलाई संस्थागत विकास गर्ने तर्फ लाग्न सहमहामन्त्री परियारको आग्रह — OSNepal

गणतन्त्रलाई संस्थागत विकास गर्ने तर्फ लाग्न सहमहामन्त्री परियारको आग्रह

LC (KTM) April 14, 2024 0

भरतपुर, २ वैशाख- नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियारले सबै राजनीतिक दलहरु मिलेर गणतन्त्रलाई संस्थागत विकास गर्नुपर्ने खाँचो औँल्याउनुभएको छ । नेपाली कांग्रेस चितवनले आज भरतपुरमा आयोजना गरेको नयाँ वर्ष २०८१ को शुभकामना आदानप्रदान तथा भित्तेपात्रो विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले कांग्रेस सबै राजनीतिक दलको अभिभावक भएको दाबी गर्नुभएको छ ।

उहाँले भन्नुभयो, “पार्टीप्रति आमनागरिकले देखाएको विश्वासलाई मर्न दिइने छैन । जनताको भावना अनुसारका समसामयिक मुद्दालाई पार्टीले सधैँ प्राथमिकतामा राखेर समाधान गर्दै आएको छ । यही कारण अहिलेसम्म कांग्रेसप्रति जनताका आस्था नटुटेको हो । ” सो कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य टेकप्रसाद गुरुङ र दिनेश कोइरालालगायतले पार्टीलाई बलियो बनाउँदै लैजान आन्तरिक एकतामा जोड दिनुपर्ने बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर