हरिपूर्वामा आगोले चार घर जले — OSNepal

हरिपूर्वामा आगोले चार घर जले

LC (KTM) April 25, 2024 0

बरहथवा (सर्लाही), १३ वैशाख : सर्लाहीको हरिपूर्वा नगरपालिका–५ धोवीनियामाा आगलागी भएको छ । आगोले जलेर आज चार घर नष्ट भएका छन् ।

स्थानीय गिरीधारी यादव, शिवधारी यादव, किशोरी बैठा र मोहावी रायको घर आगोले जलेर खरानी भएको छ । अन्य केही घरमा आंशिक क्षति पुगेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिनुभयो । स्थानीयका अनुसार शिवधारी यादवको छोरीको आज विवाह हँुदै थियो । सोही क्रममा एक्कासी आगलागी भएको हो । आगलागीबाट विवाहका लागि ल्याएको लत्ता कपडा, अन्नपात, भाँडावर्तनलगायत सामग्री जलेर नष्ट भएको छ ।

स्थानीयवासी, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाको सहयोगमा आगो निभाइएको छ । आगो निभाउन बारुणयन्त्र प्रयोग गरिएको प्रहरी नायव उपरीक्षक श्रेष्ठले जानकारी दिनुभयो । आगलागीबाट भएको क्षतिको प्रहरीले विवरण सङ्कलन गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर