श्रमिकको सुरक्षा र लगानीमैत्री वातावरणमा जोड : चेम्बर अफ कमर्स — OSNepal

श्रमिकको सुरक्षा र लगानीमैत्री वातावरणमा जोड : चेम्बर अफ कमर्स

LC (KTM) April 30, 2024 0

काठमाडौँ, १८ वैशाख : नेपाल चेम्बर अफ कमर्सले श्रमिक वर्गको सुरक्षा, लगानीमैत्री वातावरणमार्फत आर्थिक समृद्धि हासिल गर्नुपर्नेमा जोड दिएको छ । एक सय ३५ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा शुभकामना सन्देश दिँदै चेम्बरले सम्पूर्ण श्रमजीवीको हकहित र अधिकारको पक्षमा रहेको जनाएको हो ।

नेपालको संविधान २०७२ ले श्रमसम्बन्धी हकलाई मौलिक हकको रुपमा व्याख्या गरेको भन्दै चेम्बरले सामाजिक सुरक्षा कोषलाई अझै प्रभावकारी बनाउनुपर्ने जनाएको छ । श्रमसम्बन्धी ऐन नियममा समयसापेक्ष सुधार र संशोधन गर्नुपर्ने भन्दै चेम्बरले रोजगारदाता र श्रमिकबीचको पारस्परिक सम्बन्धले उत्पादन र उत्पादकत्व बढ्ने उल्लेख गरेको छ ।

“चेम्बरले श्रमिकको स्वास्थ्य सेवालाई सहज र प्रभावकारी बनाउनसमेत सरकारसँग माग गरेको छ”, शुभकामना सन्देशमा भनिएको छ, “स्वास्थ्य सेवामा श्रमिकको पँहुच सहज बनाउनका लागि विशेष पहल हुन जरुरी छ ।”

सरकार, निजी क्षेत्र र श्रमिक वर्गको संयुक्त पहलबाट मात्रै मुुलुकमा लगानीमैत्री वातावरण निर्माण, रोजगारी सिर्जना एवं उत्पादन वृद्धिमार्फत आर्थिक समृद्धि हासिल गर्न सकिने चेम्बरले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर