डिर्भोस पछि पनि अभिनेता आमिर र किरण यस्तो अबस्थामा फेला परे — OSNepal

डिर्भोस पछि पनि अभिनेता आमिर र किरण यस्तो अबस्थामा फेला परे

LC (KTM) August 02, 2021 0

बलिउड अभिनेता आमिर खान यतिबेला जम्मु कश्मरिमा रहेका छन् । उनको साथमा किरण रावा पनि रहेकी छिन् । हालै दुबै जनाले जम्मू कश्मीरका उपराज्यपाल मनोज सिन्हा संग भेट गरेका छन् ।

राज भवनमा बातचितको क्रममा उपराज्यपालले राज्यमा नयाँ फिल्म पोलिसी ल्याउनका लागि सुपरस्टार आमिर खान संग बिचार बिमर्श समेत गरेका छन् । उनले यो बातचित सामाजिक सञ्जाल मार्फत जानकारी गराएका छन् भने चाँडै नै नयाँ फिल्म पोलीसी समेत लागु गर्ने बताएका छन् ।

मनोज सिन्हाले ट्वीटरमा एक तस्बिर शेयर गरेका छन् जस्मा आमिर तथा किरण संगै देखिएका छन् । उनले लेखेका छन्– दिग्गज फिल्म एक्टर आमिर खान तथा किरण राव संग भेटघाट भयो । यसक्रममा हामीहरुले जम्मु कश्मीरको नयाँ फिल्म पोलिसीका बारेमा कुरा ग¥यौ र यसलाई चाँडै जारी गरिनेछ ।

यस बार्तालापको दौरानमा हामीले यस बिषयमा पनि चर्चा गरेका छौ कि आखिर कसरी जम्मु कश्मीरको सुन्दरता एक पटक फेरी बलिउडमा सामेल गर्न सकिन्छ तथा यस ठाउँलाई कसरी एक पटक फेरी सबै निर्देशकहरुको मन पर्ने ठाउँ बनाउन सकिन्छ ।

आमिर र किरण आफ्नो फिल्म लाल सिंह चड्डाको शुटिंगको सिलसिलामा जम्मु कश्मीरमा रहेका छन् । उनीहरु दुबै बीच सम्बन्ध बिच्छेद भए पनि एक अर्का संग मिलेर काम गरिरहेका छन् । उनीहरुले सम्बन्ध बिच्छेदका बेला पनि आफुहरु एक अर्का संग काम गर्ने र साथी सरह रहने फ्यानहरु लाई बताईसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर