सरकारमा जाने मन्त्रीको टुंगो लगाउँन आज बस्ने भनिएको माओवादी केन्द्रको स्थायी कमिटी बैठक यस कारण स्थगित — OSNepal

सरकारमा जाने मन्त्रीको टुंगो लगाउँन आज बस्ने भनिएको माओवादी केन्द्रको स्थायी कमिटी बैठक यस कारण स्थगित

LC (KTM) August 02, 2021 0

काठमाडौँ १८ साउन । पार्टी कार्यालय पेरिसडाँडामा बस्ने भनिएको नेकपा माओवादी केन्द्रको आजको स्थायी कमिटी बैठक स्थगित भएको छ ।

आज सोमबार दिउँसो ३ बजे बस्ने भनिएको बैठक स्थगित भएको कार्यलय सचिब श्रीराम ढकाल जनाकारी दिएका हुन् । ढकालले दिएको जानकारी अनुसार पार्टी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)को कार्य व्यवस्तताका कारण आजको बैठक स्थगित गरिएको हो ।

नेकपा एमालेका वरिष्ठ नेता माधव नेपाल समुह सरकारमा जाने टुंगो नलाग्दा मन्त्रिपरिषद् विस्तार ढिलाई भएको बताएका प्रवक्ता नाराणकाजी श्रेष्ठले अब चाँडै सरकारले पुर्णता पाउने पनि जनाएका छन् ।

आज बस्ने बैठकमा पनि सरकारमा सहभागी हुने थप मन्त्रीको टुंगो लगाउने विषयमा छलफल हुने भनिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर