गृहमन्त्री खाँणले १० दिन भित्र घटनाको सत्य तथ्य छानविन गरी प्रतिवेदन पेश गर्न भनेपछि छानबिन टोली आज दार्चुला जाँदै — OSNepal

गृहमन्त्री खाँणले १० दिन भित्र घटनाको सत्य तथ्य छानविन गरी प्रतिवेदन पेश गर्न भनेपछि छानबिन टोली आज दार्चुला जाँदै

LC (KTM) August 02, 2021 0

काठमाडौं १८ साउन । दार्चुला घटनाको लागि गृहमन्त्रालयको गठित छानविन टोली आज त्यसतर्फ जाने भएको छ ।

भारतीय सुरक्षाकर्मीले तुइनको डोरी फुकाइदिंदा दार्चुलाको व्यास नगरपालिका २ का जयसिंह धामी महाकाली नदीमा खसेर बेपत्ता भएको घटनाबारे अनुसन्धान गर्न गठित गृह मन्त्रालय छानबिन टोली त्यस तर्फ जाने भएको हो ।

उक्त घटनाको विषयमा सत्य तथ्य छानविन गरी १० दिन भित्रमा प्रतिवेदन बुझाउन गृहमन्त्री बालकृष्ण खाँणले पाँच सदस्यीय समिति गठन हिजो आइतार गठन गरेका हुन् ।

छानविन टोली सोमबार काठमाडौंबाट हवाईजहाजमार्फत् कैलालीको धनगढी पुग्ने र मंगलबार धनगढीबाट हेलिकप्टर चढेर दार्चुला जाने कार्यक्रम छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर