के दिदि शिल्पा शेट्टी तथा भिनाजु राज कुन्द्राले शमिताको पुरै खर्चको भार उठाउँछन् ? शमिताले दिईन् मुखभरीको जवाफ — OSNepal

के दिदि शिल्पा शेट्टी तथा भिनाजु राज कुन्द्राले शमिताको पुरै खर्चको भार उठाउँछन् ? शमिताले दिईन् मुखभरीको जवाफ

LC (KTM) August 04, 2021 0

अश्लील भिडियो बनाएर त्यसलाई एप्स मार्फत अपलोड गरेको आरोपमा अभिनेत्री शिल्पा शेट्टीको पति राज कुन्द्रा प्रहरी हिरासतमा रहेका छन् । उनलाई १९ जुलाइमा प्रहरीले नियन्त्रणमा लिएको थियो ।

शिल्पा शेट्टी तथा उनकी बहिनी अर्थात राज कुन्द्राकी साली शमिता लगातार राजको बचावमा लागिरहेका छन् । तर उनीहरु दुबै जनाले हेटर्सको लगातार सामना गरिरहनृु परेको छ । यसै सन्दर्भमा शमिताले इटी टाइम्स संगको कुराकानीको क्रममा उनी माथि आएका तमाम आरोपको जवाफ दिएकी छिन् ।

उनी एकदमै प्रष्ट बक्ताको रुपमा चिनिदै आएकी छिन् । उनी केही समय देखी गायब भए पनि सामाजिक सञ्जालमा भने एकदमै सक्रिय रहदै आएकी छिन् । शिल्पा र शमिता दुबै बीच एकदमै राम्रो बोन्डिङ रहेको छ । शमिता लाई राज र शिल्पा संग पनि धेरै पटक पार्टी गरिरहेको देखिएको थियो । यहि कारण राज जेल गए पछि शमितालाई समेत ट्रोल गर्न सुरु गरिएको छ ।

कतिपयले आरोप लगाएका छन् कि शमिता आफ्नो दिदि भिनाजु संग रहेकी छिन् र त्यसकै कारण उनी आरामदायक जिन्दगी बिताई रहेकी छिन् । यस आरोपका बिषयमा शमिताले पनि गतिलै जवाफ फर्काएकी छिन् । शमिताले भनिन्– सबैभन्दा पहिलो कुरा साफ भन्न चाहान्छु की उनी आफ्नो देखभाल आफै गर्न सक्छिन् ।

उनले अन्र्तबार्ताका दौरानमा शिल्पा संग तुलना गर्छन् तपाईलाई कस्तो लाग्छ भनेर प्रश्न सोधिएको थियो । उनले जवाफमा यसो भनिन्– म सधै आफ्नो दिदि जस्तै बन्न चाहान्छु भन्ने कुरा गर्दा मलाई कति पनि नराम्रो लाग्दैन तर हैरानीको बिषय यो हो कि मानिसहरु दुई ब्यक्तिबाट एउटै जस्तो उपलब्धि हाँसिल गर्ने बारे कसरी सोच्न सक्छन् ?

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर