ओली प्रवृति सच्चिन्छ भन्नु अन्तिम चरणमा पुगेको क्यान्सरको रोगी बॅाच्छ भन्नु उस्तै हो : भट्टराई — OSNepal

ओली प्रवृति सच्चिन्छ भन्नु अन्तिम चरणमा पुगेको क्यान्सरको रोगी बॅाच्छ भन्नु उस्तै हो : भट्टराई

LC (KTM) August 11, 2021 0

काठमाडौँ २७ साउन । जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले केपी ओली प्रवृ्ति यौटा पार्टीको आन्तरिक मुद्दामात्र नभएर सम्पूर्ण देश र लोकतन्त्रका निम्ति खतरा र साझा मुद्दा भएको टिप्पणी गरेका छन् ।

नेता भट्टराईले अजा सामाजिक सञ्जाल मार्फत ओली प्रवृतिको यो समयवधि नेपाली राजनीतिको सबै नकारात्मक पक्षहरूको केन्द्रीकरण भएको बताएका छन् । ओली प्रवृति सच्चिन्छरसुध्रिन्छ भन्नु र अन्तिम चरणमा पुगेको क्यान्सरको रोगी बॅाच्छ भन्नु उस्तै भ्रम भएको बताएका छन् ।

उनले लेखेका छन्, ‘ओलीप्रवृ्ति यौटा पार्टीको आन्तरिक मुद्दामात्र नभएर सम्पूर्ण देश र लोकतन्त्रनिम्ति खतरा र साझा मुद्दा हो। यो समकालीन नेपाली राजनीतिको सबै नकारात्मक पक्षहरूको केन्द्रीकरण हो।यो सच्चिन्छरसुध्रिन्छ भन्नु र अन्तिम चरणमा पुगेको क्यान्सरको रोगी बॅाच्छ भन्नु उस्तै भ्रम हो।सबैको चेत खुलोस !’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर