पोखरेलविरुद्ध परेको अविश्वास प्रस्तावसम्बन्धी रिट संवैधानिक इजलासमा पठाउन सर्वोचको आदेश — OSNepal

पोखरेलविरुद्ध परेको अविश्वास प्रस्तावसम्बन्धी रिट संवैधानिक इजलासमा पठाउन सर्वोचको आदेश

LC (KTM) August 11, 2021 0

काठमाडौं २७ साउन । सर्वोच्च अदालतले नेकपा एमाले लुम्बिनी प्रदेशससभाको विशेष अधिवेशन रोक्न माग गर्दै परेको रिट संवैधानिक इजलासमा पठाउन आदेश दिएको छ ।

मुख्यमन्त्री शंकर पोखरेल विरुद्ध परेको अविश्वास प्रस्तावमाथि छलफल गर्न बोलाएको विशेष अधिवेशन रोक्न माग गर्दै सर्वोच्च अदालतमा परेको रिटमा गम्भीर संवैधानिक व्याख्याको प्रश्न देखिएको भन्दै सर्वोच्चले संवैधानिक इजलासमा पठाउन आदेश दिएको हो ।

आज न्यायाधिश डा.आनन्दमोहन भट्टराईको इजलासले गम्भरी बहस गर्नुपर्ने भएकाले संवैधानिक इजलासमा पठाउन आदेश दिएको हो ।

प्रस्तुत रिट निवेदनमा लुम्बिनी प्रदेश सरकारको गठन तथा मुख्यमन्त्रीको नियुक्ति, नियुक्ति प्रदेशसभाको आह्वान र अन्त्य, अविश्वासको प्रस्ताव पेश र छलफलको विषय लगायत नेपालको संविधानको धारा १६८ तथा १८८ समेतको व्याख्याको गम्भीर संवैधानिक प्रश्न समावेश भएको पाइन्छ’यी विषयहरुलाई संविधानको सही कार्यान्वयन एवं संसदीय लोकतन्त्रका मान्यताहरुको रोहमा हेरिनु आवश्यका हुने भनि उल्लेख गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर