४० महिनासम्म ओलीलाई एमसीसी पास गर्न महाभारत भयो भने देउवाले पनि अब सक्नुहुन्न जगजाहेर छ — OSNepal

४० महिनासम्म ओलीलाई एमसीसी पास गर्न महाभारत भयो भने देउवाले पनि अब सक्नुहुन्न जगजाहेर छ

LC (KTM) August 11, 2021 0

काठमाडौं २७ साउन । राष्ट्रिय जनमोर्चा राजपाका अध्यक्ष चित्रबहादुर केसीले हिजो संसद नेकपा एमालेका अध्यक्ष केपी ओलीले सम्बोधनमा सत्ताबाट बाहिरिनुपरेकोमा पीडा पोख्ने काम गरेको बताएका छन् ।

आज बिहान एक कार्यक्रममा सहभागी भएका केसीले ओलीलाई सत्ताबाट खस्नु परेको हुनाले धेरै ठुलो चोटलागेकोअ भन्दै यस्तो टिप्पणी गरेका हुन् । सरकारमा ४० महिनासम्म बस्दा प्रतिगमनको क्षतिबाहेक केही गर्न नसकेको ओली नेतृत्व सरकारको अहिले सत्ताबाट पराजित हुनु परेको झोक भएको बताएका छन् ।

‘संसद् चलाउने बेलामा भत्काउनेबाहेक उहाँको केही काम भएन, बल्ल सदनमा जान लाग्नुभएको छ । ठिक छ, राम्रो गर्नुभएको छ प्रतिपक्ष भएपछि प्रश्न गर्न पाइन्छ’ केसीले कार्यक्रममा भने ।

एमसीसीको विषयमा केसीले ओलीलाई इंकित गर्दै भने, ‘उहाँलाई ४० महिनासम्म पारित गर्न महाभारत भयो । त्यो भएको हुनाले अहिले अरुलाई भन्न त सजिलो छ नि । नेपाली जनता एमसीसी पारित गर्ने पक्षमा छैनन् । त्यसो भएको हुनाले तत्कालिन प्रधानमन्त्री ओलीको त केही लागेन शेरबहादुरजीले पनि सक्नुहुन्न् । यो त जगजाहेर छ त’ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर