ओलीले कारवाही गरेका १४ सांसद आफुहरुलाई पदमुक्त नर्गन आग्रह गर्दै पुगे संसद सचिवालय — OSNepal

ओलीले कारवाही गरेका १४ सांसद आफुहरुलाई पदमुक्त नर्गन आग्रह गर्दै पुगे संसद सचिवालय

LC (KTM) August 18, 2021 0

काठमाडौँ २ भदौ । नेकपा एमालेका १४ सांसद संसद सचिवालय पुगेका छन् ।

पार्टीका अध्यक्ष केपी शर्मा ओलीले गरेको कारवाही अनुसार सांसद पदबाट मुक्त नगर्न भन्दै १४ सांसद सचिवालय पुगेका हुन् । १४ सांसदको संयुक्त पत्र लिएर विरोध खतिवडा र जीवनराम श्रेष्ठ संसद सचिवालय पुगेका छन् ।

पत्रमा लेखिएको छ , “२०७८–०५–०१ गते नेकपा एमाले संघीय संसदीय दलको कार्यालयले संघीय संसद् सचिवालयलाई लेखेको पत्र अवैधानिक र दुरासयपूर्ण रहेकाले सो पत्रको आधारमा कुनै कारवाही अगाडि नबढाउन, सूचना प्रकाशित नगर्न र निर्वाचन आयोगमा जानकारी नगराउन हार्दिक अनुरोध गर्दछौँ ” ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर