दैलेखमा कोरोनाबाट एकै समुदायका नौ जनाको मृत्यु भएपछि त्रासमा स्थानिय — OSNepal

दैलेखमा कोरोनाबाट एकै समुदायका नौ जनाको मृत्यु भएपछि त्रासमा स्थानिय

LC (KTM) May 18, 2021 0

दैलेख, ४ जेठ – दुल्लु नगरपालिका–१२ गौरीमा कोरोनाबाट एउटै समुदायका नौ जनाको मृ त्यु भएको छ । वडामा कोरोना सङ्क्रमणबाट यति धेरैको मृ त्यु भएको दैलेखमा पहिलो हो । मृ तक छ जनामा कोरोना परीक्षण गरिएको थियो भने अन्य तीन जना छिमेकीमा ज्वरो आउने, शरीर, छाती दुख्ने र रुघाखोकी आउने लक्षणसहित मृ त्यु भएको स्वास्थ्यचौकी गौरीका संयोजक रमेश लम्सालले बताउनुभयो ।

उहाँहरुको परीक्षणबिनै बिरामी भएको पाँचदेखि आठ दिनमा मृ त्यु भएको लम्सालले बताउनुभयो । अन्य छमध्ये दुई जनाको भारतमा मृ त्यु भएको थियो । बाँकी चार जनाको सुर्खेत र दैलेखमै उपचारका क्रममा मृ त्यु भएको स्वास्थ्य संयोजक लम्सालले बताउनुभयो । यहाँ कामका लागि भारत गएका स्थानीयवासी घर फर्केसँगै १५ दिनभित्र नौ जनाको कोरोनाका कारण मृ त्यु भएको हो ।

एउटै समुदायभित्र नौ जनाको मृ त्यु भएपछि अहिले अवस्था असामान्य बनेको छ । दुल्लु–१२ को एउटै टोलमा १०० भन्दा बढी बिरामी रहेको खबर पाएपछि उपचारका लागि चिकित्सकसहितको टोली लिएर परीक्षणका लागि पुगेको दुल्लु नगरपालिका प्रमुख घनश्याम भण्डारीले बताउनुभयो । “रातदिन नभनी स्वास्थ्यकर्मी लिएर गाउँगाउँमा गएका छौँ । अधिकांशमा ज्वरो र रुघाखोकी रहेको छ”, भण्डारी बताउनुभयो । औषधिसहित पुगेको स्वास्थ्यकर्मीको टोलीले परीक्षणलाई तीव्र पारेको छ ।(रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर