जंगली हात्ती लखेटी लखेटी लियो श्यामको ज्या न — OSNepal

जंगली हात्ती लखेटी लखेटी लियो श्यामको ज्या न

LC (KTM) May 18, 2021 0

झापा, ४ वैशाख-जंगली हात्ती लखेट्ने क्रममा हात्तीले आ क्रमण गर्दा मेचिनगर नगरपालिका(९ बस्ने ४५ वर्षीय श्याम राईको सोमबार राति मृ त्यु भएको छ । सोही ठाउँस्थित मागुरमाणी सामुदायिक बनबाट जंगली हात्ती बस्तीमा पसेपछि लखेट्ने क्रममा हात्तीले आ क्रमण गर्दा ग म्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको प्रहरीले घाइतेलाई उपचारका लागि मेची अस्पताल भद्रपुर पठाएकोमा उपचारको क्रममा मृत्यु भएको हो ।यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

यो पनि पढ्नुहोस-शक्तिशाली चक्रवातका कारण भारतमा १२ जनाको निधन, नौ सेनाको जहाजमार्फत चक्रवातमा फसेकाहरुको उद्धार
:शक्तिशाली चक्रवातका कारण भारतमा १२ जनाको निधन भएको छ । भारतिय मिडियाका अनुसार तीव्र गतिको हावाहुरी र भीषण वर्षाका कारण १२ जनाको ज्यान गएको छ भने एक लाख ५० हजार जना विस्थापित भएका छन् । चक्रवातकाकारण भारतको जनजीवन अस्तव्यस्त भएको छ । जसको सबैभन्दा बढी असर मुम्बईमा परेको छ ।

मुम्बईमा ११४ किलोमिटर प्रतिघण्टाको गतिमा हुरी चलेको थियो ।कयौँ घर भत्किएका छन् भने बिजुलीका पोल भत्किँदा विद्युत आपूर्ति बन्द भएको छ । नौ सेनाको जहाजमार्फत चक्रवातमा फसेकाहरुको उद्धार भइरहेको बताइएको छ ।भीषण हावाहुरी र वर्षाका कारण मुम्बईमा हवाई क्षेत्रसहित रेल सेवा समेत प्रभावित भएका छन् । प्रधानमन्त्री नरेन्द्र मोदीले महाराष्ट्र, गुजरात, गोवाका मुख्यमन्त्रीसँग चक्रवातले पार्ने प्रभाव रोकथामका लागि छलफल गरी सकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर