बुधबार सम्म पनि दश बुँदे कार्यान्वयन नगरिए विद्रोह गर्ने भीम रावलसहित यी नेताहरुको चेतावनी — OSNepal

बुधबार सम्म पनि दश बुँदे कार्यान्वयन नगरिए विद्रोह गर्ने भीम रावलसहित यी नेताहरुको चेतावनी

LC (KTM) August 21, 2021 0

काठमाडौं ५ भदौ । नेकपा ९एमाले० का उपाध्यक्ष डा. भीमबहादुर रावलले केहि दिनमा नै आफुहरु कुन समुहमा जाने भनेर कित्ता क्लियर गर्ने बताएका छन् । पत्रकार ऋषि धमलासँगको संक्षिप्त कुराकानीमा उनले आफुहरु अहिले पनि छलफलमा भएकाले एक दूई दिनमा निष्कर्षमा पुग्ने बताएका हुन् ।

भीम रावलसहित युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, घनश्याम भुषाल, योगेश भट्टराई, भीम आचार्य, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे र रघुजी पन्तले एकताको लागि उभिन सबै कार्यकर्तालाई आग्रह गरेका छन् । भने दश बुँदे सहमतिलाई कार्यान्वयन गर्नुपर्ने अडान यी नेताहरुले राख्दै आएका छन् ।

त्यसैगरी, नेकपा एमालेका अध्यक्ष केपी ओलीले माधव नेपालसहित १४ जना सांसदलाई गरेको कारवाही फिर्ता लिन दवाव दिएको छ । यदि अगामी बुधबार सम्म पनि दश बुँदे कार्यान्वयन नगरिए विद्रोह गर्ने समेत चेतावनी यो समुहले दिँदै आएको छ ।

यता, बुधबार नै माधव नेपालको नयाँ पार्टीको निवार्चन आयोगले सनाखत गर्ने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर