माओवादी केन्द्रको स्थायी समितिको बैठक पेरिसडाँडामा जारी — OSNepal

माओवादी केन्द्रको स्थायी समितिको बैठक पेरिसडाँडामा जारी

LC (KTM) August 21, 2021 0

काठमाडौँ ५ भदौ। नेकपा (माओवादी केन्द्र)को स्थायी समिति बैठक अहिले बसिरहेको छ । बैठक पार्टीको कार्यालय केन्द्रीय कार्यालय पेरिसडाँडामा बसिरहेको छ ।

बैठकमा केन्द्रीय समितिबाट पारित निर्णयका विषयमा छलफल भइरहेको जनाइएको छ । पार्टीको राष्ट्रिय भेला पौषमा गर्ने विषयमा समेत छलफल हुने जनाइएको छ । साथै सरकारमा जाने विषयमा समेत छलफल हुने भएको छ ।

माधव नेपाल समुहले नयाँ दल दर्ता गरेसँगै अब शुक्रबार सम्म सरकारलाई पुर्णता दिने तयारीमा प्रधानमन्त्री देउवा लागि परेका छन् । भने माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठ सहित चार जनालाई उपप्रधानमन्त्री बनाउने योजना रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर