जन्म दिनको पार्टी चलिरहेका बेला गोहीले गर्यो एक महिला माथि आ क्रमण, त्यसपछि पाहुनाले यसरी बचाए — OSNepal

जन्म दिनको पार्टी चलिरहेका बेला गोहीले गर्यो एक महिला माथि आ क्रमण, त्यसपछि पाहुनाले यसरी बचाए

LC (KTM) August 22, 2021 0

युटाको साल्ट लेक सिटीमा एक गोहीले उसको ह्याण्डलर माथि नै आ क्रमण गरेको छ । त्यहाँ स्केल्स एण्ड टेल्समा एक बच्चाको जन्मदिनको पार्टी चलिरहेको थियो । पार्टीको दौरानमा पाहुनाहरुकै अगाडी एक गोहीले महिला ह्याण्डलर लाई नै आ क्रमण गरेको हो । उनको हातनै गोहीले मुखमा हालेको थियो ।

यो देखेर त्यहाँ उपस्थित सबै डराएका थिए । गोही हेर्न पुगेका एक बालक यसरी डराएकी उनी ठुलो आवाजमा रुन लागेका थिए । बच्चा रुदै गरेको देखेर ति महिला ह्याण्डलरले भनिन्– गोहीले मलाई माया गर्छ । उनलाई यसपछि केही भएको थिएन । उनलाई देखेर त्यहाँ पाहुना आएका डोनी वाइसमैनले पानीमा हाम्फाल्दै गोही माथि चढेपछि गोहीले उक्त पशु ह्याण्डलर महिलाको हात छोडि दिएको थियो ।

यो घटनाको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ । अहिले सम्म लाखौ मानिसहरुले यो भिडियो हेरिसकेका छन् । उक्त केन्द्रका मालिकका अनुसार गोहीको आ क्रमण बाट कसैलाई केही पनि क्षती नपुगेको बताएका छन् । तर ति महिला ह्याण्डलर बुललाई भने हातको सर्जरी गर्नू परेको छ ।

उनले यस आ क्रमणको बिषयमा भनेकी छिन्– यसलाई राख्नको लागि जति लड्नु परे पनि परोस् । जब सम्म यो हाम्रो संरक्षणमा छ तब सम्म यसबाट अरुलाई नोक्सान हुने छैन । उसले जे गरिरहेको थियो यो सबै एक जनावर पक्कै पनि गर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर