रिक्शामा बसेकी एक महिलालाई जबरजस्ती किस गरेर भागे यी ब्यक्ति, भिडियो भयो एकै छिनमा भाइरल — OSNepal

रिक्शामा बसेकी एक महिलालाई जबरजस्ती किस गरेर भागे यी ब्यक्ति, भिडियो भयो एकै छिनमा भाइरल

LC (KTM) August 23, 2021 0

पाकिस्तानमा महिला माथि भएको दुब्र्यवहारको एक भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ । ति महिलालाई खुलेआम रुपमा अटो रिक्सा गुडिरहेको बेला दुब्र्यवहार गरेको भिडियो अहिले भाइरल भईरहेको हो । यो भिडियो बाहिर आए पछि त्यहाका महिलाहरु एकदमै आक्रोशीत भएका छन् ।

उनीहरु पाकिस्तानमा महिलाको सुरक्षाका बिषयमा प्रश्न उठाइरहेका छन् । यस भिडियोमा एक ब्यक्तिले रिक्शामा जाँदै गरेका २ महिला माथि खुल्ला रुपमा दुब्र्यवहार गरेका छन् । त्यतिमात्र हैन ति ब्यक्तिले एक महिलालाई गालामा किस गरेर भागेका छन् । भिडियोमा देख्न सकिन्छ २ महिला तथा एक बालक रिक्शामा बसेर गईरहेका हुन्छन् ।

ट्राफिकको कारण गाडीहरु एकदमै बिस्तारो गुडिरहेका हुन्छन् । त्यति नै बेला एक ब्यक्ति रिक्शामा कुदेर चढ्छन् र एक महिलालाई किस गरि राखेर भाग्छन् । महिलाले हेर्दा नहेर्दै ति ब्यक्ति भागिसकेका हुन्छन् । यस्तो दुब्र्यवहार देखेर रिक्शामा बसेका केटीहरु कराउन थाल्छन् । एक महिला त आफ्नो चप्पल निकालेर कराउँदै उत्रने कोशीस समेत गरेको देखिन्छ ।

तर बीच रोडमा उनी उत्रन सक्दिनन् । भिडमा भएको यो घटनालाई कसैले सामाजिक सञ्जालमा भिडियो हालेर शेयर गरिदिए । यस भिडियोलाई देखेर धेरै जना एकदमै आक्रोशीत भएका छन् । यस्तो ब्यवहार गर्नेलाई सजाय दिन सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले माग समेत गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर