मदन भण्डारीबाट प्रतिपादित जनताको बहुदलीय जनवादको युग सकियो अब ओलीको खण्डनमा सिंगो पंक्ति उत्रिनुपर्छ : खनाल — OSNepal

मदन भण्डारीबाट प्रतिपादित जनताको बहुदलीय जनवादको युग सकियो अब ओलीको खण्डनमा सिंगो पंक्ति उत्रिनुपर्छ : खनाल

LC (KTM) August 24, 2021 0

काठमाडौं ८ भदौ । प्रस्तावित एकिकृत समाजवादीका वरिष्ठ नेता दिल्लीमा उपचाररत झलनाथ खनालले दिल्लीबाट पार्टीको बैठकलाई सम्बोधन गरेका छन् ।

नेता खनालल आज काठमाडौको चन्द्रगीरीमा भएको बैठकलाई भर्चुअल माध्यमबाट सम्बोधन आफु एकिकृत समाजवादी पार्टीको नेता भएको जानकारी दिएका छन् ।

स्वास्थ्यमा समस्ष आएपछि केहि साता अगाडी दिल्लीमा उपचार गराइरहेका खनालले निवार्चन आयोगसँग पनि दिल्लीबाट सनाखत गर्ने प्रवन्ध मिलाउन आग्रह गरका छन् ।

बैठकलाई सम्बोधन गर्दै नेता खनालले ‘कमरेडहरु, अब जबजको युग सिद्धियो, त्यसलाई कसैले अनुसरण गर्न सक्दैन । अब हाम्रो प्रष्ट कार्यक्रम समाजवादमा रुपान्तरणको कार्यक्रम भएको बताएका छन् ।

युग अनुसारको बोली बोल्नुपर्ने बताएका उनले भर्चुअल बैठकमा भने, ‘युग अनुसारको कार्यक्रम बनाउनुपर्छ । नेकपा एकीकृत समाजवादीको बारेमा बुझाउन मुखपत्र छाप्ने पर्छ ।’

मदन भण्डारीबाट प्रतिपादित जनताको बहुदलीय जनवादको युग सकिए बताएका उनले अब केपी ओलीको खण्डनमा सिंगो पंक्ति उत्रिनुपर्ने समेत बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर