आदित्य नारायण झा भन्छन्– परिवारको छोरा–छोरी दुबै हो म , आफ्नो कोठा–बाथरुममा म आफै झाडु लाउँछु — OSNepal

आदित्य नारायण झा भन्छन्– परिवारको छोरा–छोरी दुबै हो म , आफ्नो कोठा–बाथरुममा म आफै झाडु लाउँछु

LC (KTM) August 29, 2021 0

एकदमै चर्चित गायक उदित नारायण झा तथा उनकी श्रीमती दीपा नारायण झा जी कमेडी शो मा स्पेशल गेस्ट बनेका छन् । शो मा उदित नारायण तथा उनकी पत्नी दीपाले छोरा आदित्यको बारेमा एकदमै गोप्य कुराहरु सार्वजनिक गरिदिएका छन् । अडियन्सलाई मनोरञ्जन दिन बनेको यस शो मा उनले आफ्नो छोराको बारेमा धेरै रहस्य खोलेका छन् ।

फराह खानले के घरमा आदित्यले काम सघाउँछ भन्ने प्रश्न राखेकी थिईन् । यस प्रश्नमा दीपाले आफ्नो छोराको बारेमा रहस्य खोल्दिएकी हुन् । उनले भनिन्– आदित्यलाई सरसफाई गर्न एकदमै मन पर्छ । उनी घरका हरेक चिज एकदमै सफा राख्छन् । जब म एक पटक हस्पिटलमा थिए , त्यतिबेला आदित्यले मेरो लागि भनेर हस्पिटलको पुरा कोठा नै साफ गरेका थिए ।

कहिले काही यता उती सामानहरु छरिएका हुन्छन् त्यसलाई साफ गरेर मिलाएर राख्ने गर्छन् । यस बिषयमा आदित्य आफैले कुरा गर्दै भने– म आफ्नो परिवारको छोरा तथा छोरी दुबै हु । यस कारण घरको सबै काममा म सहयोग गर्छु । घरमा रहेको सामानहरु साफ गर्न कसैलाई मेरो जति राम्रो लाग्दैन जति मलाई लाग्छ । म आफ्नो बाथरुममा आफै साफ गर्छु, कोठामा झाडु पनि आफै लगाउँछु ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर