चलचित्र ‘म राजेश हमाल’मा राजेश हमालले नै नगर्ने भए काम — OSNepal

चलचित्र ‘म राजेश हमाल’मा राजेश हमालले नै नगर्ने भए काम

LC (KTM) August 30, 2021 0

काठमाडौं । अभिनेतना राजेश हमालले आफ्नै नाममा निर्माण हुँदै गरेको चलचित्र ‘म राजेश हमाल’मा काम नगर्ने भएका छन् । यो चलचित्रमा सुरुमा अभिनेता हमाललाई मुख्य भूमिकामा प्रस्ताव गरिएको थियो । त्यो भूमिकालाई अभिनेता हमालले स्वीकार गरेनन् । उनलाई फेरि यो चलचित्रमा अतिथि भूमिकामा प्रस्ताव गरियो । त्यो भूमिकालाई पनि अभिनेता हमालले अस्वीकार गरेका छन् । यो समाचार राजधानी दैनिकमा प्रकाशित छ।

आफ्नो नाममा चलचित्र निर्माण हुनु खुसीको कुरा भएको यी अभिनेताको कथन छ । तर, आफू अर्को चलचित्रमा आबद्ध भएका कारण यो चलचित्रमा काम गर्ने समय नमिलेको उनले स्पष्ट पारेका छन् ।

अभिनेता हमालका अनुसार उनी नयाँ चलचित्र सत्यम्मा अनुबन्धित भएका छन् । यो चलचित्रको छायांकन चाँडै हुँदै छ । सो चलचित्रमा आफू मुख्य भूमिकामा रहने भएकाले पनि आफू अतिथि भूमिकामा जोडिन नचाहेको पनि यी अभिनेताले स्पष्ट पारेका छन् । यो चलचित्रको नाम म राजेश हमाल भए पनि चलचित्र अभिनेता राजेश हमालको जीवनीमा आधारित नरहेको निर्माण पक्षले स्पष्ट पारेको छ ।

यो चलचित्रमा अतिथि भूमिकामा प्रस्तुत हुनलाई अर्का अभिनेता आर्यन सिग्देलले स्वीकार गरेका छन् । यो चलचित्रमा मुकुन भुसाल, महेश त्रिपाठी, एवनराज उप्रेती, सञ्चिता लुइटेल, संजोग रसाइली, अस्मिता लामिछाने पनि अनुबन्धित भएका छन् । चलचित्रलाई केदार भुसालले निर्माण निर्देशन गर्दै छन् । अर्को साताबाट यो चलचित्रको छायांकन धनगढीबाट सुरु हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर