शाहरुख खानले भने 'छोराको पढाई सकिन लाग्यो त्यसैले म अहिले परिवारसँग समय बिताउन चाहान्छु' — OSNepal

शाहरुख खानले भने ‘छोराको पढाई सकिन लाग्यो त्यसैले म अहिले परिवारसँग समय बिताउन चाहान्छु’

LC (KTM) August 30, 2021 0

एजेन्सी- बलिउड अभिनेता शाहरुख खानले आफुलाई फिल्म खेल्न मन नभएको बताएका छन् । उनले भने, ‘मैले अहिले कुनै फिल्म साइन गरेको छैन । म प्राय एउटा फिल्म सकिने बित्तिकै अर्को फिल्ममा काम सुरु गरिहाल्छु । तर जिरोमा काम गरेपछि अहिले फिल्म खेल्ने मन छैन । मैले थोरै समय लिन आवश्यक छ जस्तो लाग्छ ।

केहि समय फिल्महरु हेर्छु, कहानी सुन्छु र धेरै भन्दा धेरै किताब पढ्छु ।’उनले थप्दै भने, ‘मेरो छोरी कलेज गइरहेकी छिन् । छोराको पढाई सकिन लाग्यो । म अहिले परिवारसँग धेरै भन्दा धेरै समय बिताउन चाहन्छु ।

शाहरुख खानले धेरै सुपरहिट फिल्म दिएका छन् । तर उनको पछिल्लो फिल्म ‘जिरो’ बक्स अफिसमा फ्लप भयो । यो फिल्मपछि उनले कुनै फिल्म साइन गरेका छैनन् । उनले अन्तरिक्ष यात्री राकेश शर्माको बायोपिक ‘सारे जहाँ से अच्छा’बाट हात झिकेका थिए ।केही दिन पहिले शाहरुखले आफु बेरोजगार भएको बताएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर