जबसम्म माओवादी केन्द्रले प्रदेश नम्बर २ मा अत्यधिक बहुमत ल्याउँदैन तबसम्म मधेशी जनताले मुक्ति नपाउने प्रचण्डको ठोकुवा — OSNepal

जबसम्म माओवादी केन्द्रले प्रदेश नम्बर २ मा अत्यधिक बहुमत ल्याउँदैन तबसम्म मधेशी जनताले मुक्ति नपाउने प्रचण्डको ठोकुवा

LC (KTM) August 30, 2021 0

काठमाडौं १४ भदौ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जबसम्म माओवादी केन्द्रले प्रदेश नम्बर २ मा अत्यधिक बहुमत ल्याउँदैन तबसम्म मधेशी जनताले मुक्ति नपाउँने बताएका छन् ।

आज सोमबार एक कार्यक्रममा सहभागी भएका प्रचण्डले यस्तो प्रतिक्रिया दिएका हुन् । केपी ओलीलाई प्रधानमन्त्री बनाएर ७ दशक लामो संघर्षबाट प्राप्त संघीयता झण्डै खारेजी नभएको बताएका प्रचण्डले कार्यक्रममा माओवादी केन्द्रलाई शक्तिशाली बनाउने र परिवर्तनका एजेण्डालाई संस्थागत गर्ने बेला आएको बताएका छन् ।

‘माओवादीबाहेक अरु कसैको नेतृत्वमा सरकार बन्दा परीणाम के हुन्छ भनेर हामी सबैले भोगिसकेका छौं ‘ कार्यक्रममा उनले भने ।

‘जबसम्म माओवादी केन्द्रले प्रदेश नम्बर २ मा अत्यधिक बहुमत ल्याउँदैन वा जबसम्म प्रदेश नम्बर २ माओवादीमय हुँदैन’ उनले अघि भने , ‘तबसम्म मधेशी जनताले मुक्ति पाउँदैनन् । त्यसकारण पनि यो हामीले संकल्प लिनुपर्छ’ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर