टिकटकमा सबैलाई हसाएर भाइरल भएकी बुटवलकी बिष्णु पाण्डे पहिलो पटक मिडियामा — OSNepal

टिकटकमा सबैलाई हसाएर भाइरल भएकी बुटवलकी बिष्णु पाण्डे पहिलो पटक मिडियामा

LC (KTM) August 30, 2021 0

एउटा सामान्य गृहिणी जसलाई केहि समय अगाडिसम्म कसैले चिन्दैन थिए । केवल आफ्नो भान्छामै सिमित थिईन् तर उनी आफ्नो टिकटक भिडियोकै कारण सबैमाँझ चिनिने भईन् । बुटवल, भैरहवाकी बिष्णु पाण्डे टिकटकमा गृहिणिी भैकन भाईरल भएर सबैको प्रिय बनेकी छिन् । हाल बिष्णुलाई ४ लाख भन्दा माथिले टिकटकमा फलो गरेका छन् । उनी बिभिन्न समसामयिक बिषयमा र रमाईला बिषयमा भिडियोहरु बनाउँछिन् ।

बिशेषत भान्छाबाटै भिडियो अप्लोड गर्ने बिष्णुलाई श्रीमानले टिकटक बनाउन त्यति मन गर्दैनन् भन्ने कुरामा गुनासो छ । बिष्णुको अभिनय कला पनि निकै राम्रो छ । आफ्नो श्रमिानसँगको भिडियोमा उनी कलाकारिता प्रस्तुत गर्छिन् ।

शिशिर भण्डारीसँग कुरा गर्दै भैरहवाकी बिष्णुले टिकटक र आफ्नो दैनिकी बताईन् । आफुले टिकटकबाट यो माया पाउँला भनेर कल्पना नै नगरेको बताउँदै बिष्णुले टिकटकमा आफुले गर्न बाँकी केहि नराखेको खुलाईन् । श्रीमानसँग बिभिन्न कुराहरुको डिमान्ड गर्दै उनले बनाएको भिडियो मध्ये रानी हार मागेको भिडियो भाईरल नै बन्यो । अघिल्लो समयमा टिकटकमा गाली खाँदा पनि निकै रमाईलो लाग्ने तर अहिले आफुले दिएका कन्टेन्टले गर्दा गाली खाँदा नराम्रो लाग्ने उनले बताईन् । भिडियो हेर्नुस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर