तालिवानले यी गायकलाई घरबाट जबरजस्ती घिसारेर लगे , त्यस पछि टाउकोमा गोली हाने — OSNepal

तालिवानले यी गायकलाई घरबाट जबरजस्ती घिसारेर लगे , त्यस पछि टाउकोमा गोली हाने

LC (KTM) August 30, 2021 0

अफगानिस्तानमा तालिवानको कब्जा पछि हरेक ठाउँमा डर र त्रास बढेको छ । तालिवानले अफगानको लोक गायकलाई एउटा अपरिचित ठाउँमा लगेर हत्या गरेका छन् । लोक गायकको परिवारले यो कुराको जानकारी आइतबार दिएका थिए ।

तालिवानले कन्धारको बेलवेदर प्रान्तमा टेलिभिजन तथा रेडीयोमा संगीत तथा महिलाको आवाज लाई गैरकानुनी घोषणा गरे पछि यो हत्या भएको हो । वेवसाइट डेली मेलको रिर्पाेट अनुसार लोक गायक फवाद अन्द्राबीलाई शुक्रबार अन्द्राबी घाटीमा गोली हानेका हुन् । गोली हान्नु अघि उनलाई घिर्सादै घर बाट बाहिर ल्याइएको थियो ।

यो घटनाले तालिवानले फेरी सन् १९९६ को जस्तो दमनकारी शासन चलाउन लागेको थप पुष्टि गरेको छ । अन्द्राबी घाटी काबुल बाट करीब १०० किलोमीटर उत्तर बगलान प्रान्तमा रहेको छ । जसलाई १५ अगष्टमा तालिवानले फेरी आफ्नो कब्जामा लिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर