३ करोड लागतमा चलचित्र शमशेर बन्ने, दशैँ लगत्तै फ्लोरमा जाने — OSNepal

३ करोड लागतमा चलचित्र शमशेर बन्ने, दशैँ लगत्तै फ्लोरमा जाने

LC (KTM) September 02, 2021 0

काठमाडौँ । ह्यागं इन्टरटेनमेन्ट र बिआर फिल्म प्रोडक्सनको सहकार्यमा चलचित्र शमशेर बन्ने भएको छ । लामो समयदेखि बेलायतमा रहेर नेपाली चलचित्र र गीत संगीतलाई नजिकबाट नियालेर हेर्दै आएका बरिष्ठ गीतकार हिरा काजी थापा र आरबी पुनको निर्देशनमा बन्न लागेको चलचित्र – ‘शमशेर’ दशैँ लगत्तै फ्लोरमा जाने तयारी निर्माण यूनिटले गरेको छ ।

निर्देशक थापा र आरबी पुनका अनुसार चलचित्र शमशेरमा लिलाराज खतिवडा (राहुल एसजेबी राना ) र सुगत करनजित फाइनल भइसकेका छन् । त्यस्तै अन्य प्रमुख कलाकारहरुमा स्वस्तिमा खडका, कामेश्वर चौरासिया, निर शाह, शिशिर बाङदेल, रबिन्द्र झा, सागर खनाल लगाएतका कलाकारहरुसंग पनि छिट्टै कुरा चलाईने निर्माण यूनिटले जनाएको छ ।

निर्देशक पुनकै कथा , पटकथा, संवाद रहेको चलचित्रमा भारतीय चर्चित अभिनेता डेनी डेंग्जोंग्पासँग पनि कुरा भइरहेको र फाइनल हुन बाँकी रहेको निर्माण यूनिटले जनाएको छ । चलचित्र शमशेरले बढ्दो अपराधिक गतिविधिलाई रोकथाम र संयन्त्रण गर्न टेवा पुगोस् भन्ने उदेश्यले निर्माण गर्न लागिएको मनोरञ्जनात्मक चलचित्र हो । जनचेतना मूलक विषय वस्तुमा आधारित भएर बन्ने शमशेरले हत्या, बलात्कार र हिंसा विरुद्धको कथालाई मूलरुपमा उठाएको छ ।

३ वटा मनमोहक गीत रहने चलचित्रका सबै गीतका शब्द निर्देशक थापाकै रहनेछन् भने संगीत बरिष्ठ गायक तथा संगीतकार नागेन्द्र श्रेष्ठको रहनेछ । कार्यकारी निर्माता भगवान् भुजेल रहने चलचित्रमा प्रमोद भण्डारीको नृत्य निर्देशन रहनेछ । उत्तम हुमागाईको छायांकन रहने चलचित्रको सम्पादन भूपेन्द्र अधिकारीले गर्नेछन् ।

करिब ३ करोडको लगानीमा निर्माण हुन लागेको चलचित्र हिन्दी भाषामा पनि डबिगं गरेर भारतमा समेत बिक्री वितरण गर्ने तयारी रहेको निर्माण यूनिटले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर