प्रदेश २ का थप दुई सांसदले रोजे नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी — OSNepal

प्रदेश २ का थप दुई सांसदले रोजे नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी

LC (KTM) September 05, 2021 0

जनकपुरधाम । नेकपा एमालेका प्रदेश २ का दुई सांसदले माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी रोजेका छन् ।

सांसद सुन्दरबहादुर विश्वकर्मा र सीता गुरुङले आज आइतबार जनकपुरधामस्थित प्रदेश निर्वाचन आयोग कार्यालय पुगेर एकीकृत समाजवादीमा सनाखत गरेका हुन् ।

योसँगै नेकपा एस रोज्नेमा १२ जना सांसद पुगेको छ र यसअघि बिहीबार एमालेका १० जना सांसदलेपनि दल सनाखत गरिसकेका छन् ।

जम्मा २१ जना प्रदेश सांसद रहेको नेकपा एमालेमा अब मात्र नौ जना सांसद रहेका छन् । नेकपा एसले प्रदेश २ मा आफ्नो बहुमत पाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर