जसपा नेपालको प्रवास विशेष प्रदेश समितिको आयोजनामा संगठन सुदृढीकरण तथा जनजागरण कार्यक्रम गरिँदै — OSNepal

जसपा नेपालको प्रवास विशेष प्रदेश समितिको आयोजनामा संगठन सुदृढीकरण तथा जनजागरण कार्यक्रम गरिँदै

LC (KTM) September 07, 2021 0

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालको प्रबास विशेष प्रदेश समितिले संगठन सुदृढीकरण तथा जनजागरण ९सुज० अभियान अभिमुखीकरण कार्यक्रमको आयोजना गरेको छ ।

पार्टीका केन्द्रिय शिर्ष नेता डा. बाबुराम भट्टराई, उपेन्द्र यादव, अशोक राइ र राजेन्द्र श्रेष्ठको उपस्थिती रहने कार्यक्रम १२ सेप्टेम्बरका दिन दिउसो ३ बजेबाट सुरु हुने प्रबास बिशेष प्रदेश समितीका उपाध्यक्ष तथा संघिय परिषद सदस्य सुवान चौलागाईंले जानकारी गराउनु भएको थियो l

प्रबास बिशेष प्रदेश समिति जनता समाजवादी पार्टी (जसपा) द्धारा आयोजना गरिएको कायृक्रम भर्चुअल माध्यमबाट हुने र उक्त कायृक्रम अष्ट्रेलियाको समय अनुसार साँझको सवा ७ बजेबाट सुरु हुनेछ । आयोजकले शुभचिन्तक एवम शुभेच्छुक, मिडियाकर्मीका लागि Zoom: ID: 2178082149 Passcode: 2021 मार्फत जोडिन समेत आग्रह गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर