OSNepal आइतबार, मंसिर १२ २०७८

अरुणा लामाको सम्झनामा ‘हाँसी हाँसी जलिरहेको’मा शिल्पाको अहिले सम्मकै दमदार अभिनय

अरुणा लामाको सम्झनामा ‘हाँसी हाँसी जलिरहेको’मा शिल्पाको अहिले सम्मकै दमदार अभिनय

  • OSNepal
  • बिहिबार, भाद्र २४ २०७८


अरुणा लामाको सम्झनामा ‘हाँसी हाँसी जलिरहेको’मा शिल्पाको अहिले सम्मकै दमदार अभिनय
Reading Time: < 1 minute

काठमाडौं । गायिका अरुणा लामाको सम्झनामा ‘हाँसी हाँसी जलिरहेको’ बोलको म्यूजिक भिडियो सार्वजनिक भएको छ । भिडियो गायिका अरुणाको जन्मदिनको अवसर पारेर सार्वजनिक गरिएको हो ।गीतमा कविता श्रेष्ठको स्वर, नरेन्द्रराज प्रसाईको शब्द र कुन्दनराज सुब्बाको संगीत छ ।

यमु शर्मा क्रिएशनको प्रस्तुति रहेको भिडियोमा शिल्पा पोखरेल र आयुश छेत्री (प्रिन्सेस)को अभिनय छ ।भिडियोमा नवराज उप्रेतीको छायांकन, किरण गिरीको सम्पादन श्रीकृष्ण श्रेष्ठको मोसन ग्राफिक्स, यमु शर्माको कथा र आयुष छेत्रीको निर्देशन छ ।

यमु क्रिएशनको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको भिडियोमा घरेलु हिंसामा नारीको मौनतालाई देखाइएको छ । बुहारीको नाममा देशैभरी फैलिएको संस्था मेची महाकाली बुहारी संयुक्त आवाजकी केन्द्रीय अध्यक्ष यमु शर्मा सुब्बाले महिला हिंसाविरुद्धको अभियानलाई फरक शैलीमा अत्यन्त प्रभावकारी रुपमा अघि बढाएकी छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड