बलिउडमा गौरी खानकी आमा सबिताको भिडियोले मच्चायो तहल्का — OSNepal

बलिउडमा गौरी खानकी आमा सबिताको भिडियोले मच्चायो तहल्का

LC (KTM) September 12, 2021 0

बलिउड अभिनेता शाहरुख खानकी पत्नी गौरी खान सामाजिक सञ्जालमा एकदमै सक्रिय रहने गरेकी छिन् । हालै उनले सामाजिक सञ्जालमा आफ्नो आमा सबिता छिब्बरको एक भिडियो शेयर गरेकी छिन् । यस भिडियोमा उनकी आमा डान्स गरिरहेको देख्न सकिन्छ । उनको डान्सिङ स्टाइल एकदमै कुल रहेको छ ।

८ सेप्टेम्बरमा शाहरुख खानको सासूको जन्म दिन रहेको थियो । शाहरुख खानकी पत्नी गौरीले आफ्नो आमाको सामाजिक सञ्जालमा जन्म दिनको अवसरमा विश गरेकी थिईन् । साथै उनले आमाको कुल डान्स गर्दै गरेको भिडियो पनि शेयर गरेकी थिईन् ।

उनले आफ्नो आमाको डान्स गर्दै गरेको भिडियो शेयर गर्दै लेखेकि छिन्– यस्तो कोही पनि छैन जो तपाईको स्टेप्सको म्याच गर्न सकोस् । जन्म दिनको शुभकामना आमा ।

उनको आमाको जन्म दिनमा उनको फ्यानहरुले पनि विश गरेका छन् । एक फ्यानले शाहरुख खान र उनको सासुको संगै रहेको फोटो शेयर गरेका छन् । शाहरुखकी पत्नी गौरी पेशाले एक इन्टिरियर डिजाइनर रहेकी छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर