एकाएक किन खनिए नायिका श्रद्धा कपुर माथि करोडौ फ्यान — OSNepal

एकाएक किन खनिए नायिका श्रद्धा कपुर माथि करोडौ फ्यान

LC (KTM) September 12, 2021 0

श्रद्धा कपुर बलिउडकी जानिएकी मानिएकी अभिनेत्री मध्ये एक हुन् । श्रद्धा आफ्नो अभिनय कौशलताका साथ साथमा एकदमै क्युट समेत छिन् । हालै उनले सामाजिक सञ्जाल प्रयोगकर्ताहरुलाई एकदमै चित्त दुखाई दिएकी छिन् ।

यसको कारण हो एक बृद्ध गरीब ब्यक्ति लाई उनले बेवास्ता गरेकी छिन् । हालै श्रद्धा कपुर आफ्नो साथीहरु संग लन्चका लागि गएकी थिईन् । साथीहरुलाई बिदाई गर्दै गर्दा उनको छेउमा एक बृद्ध गरीब ब्यक्ति उनको छेउमा आउँछन् र माग्न लाग्छन् । श्रद्धाले ती ब्यक्तिलाई ध्यान नदिई आफ्नै साथीहरु संग गफ गर्न थाल्छिन् ।

यो भिडियो अहिले बाहिर आएपछि उनलाई सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले ट्रोल गर्न सुरु गरेका छन् । यस भिडियोमा श्रद्धा कपुर आफ्नो ठुलो ब्याग बोकेको देख्न सकिन्छ । जस्लाई लिएर धेरैले ति बृद्धलाई सहयोग गर्नु पर्ने भन्दै आवाज उठाएका छन् ।

एक युजरले लेखेका छन्– के गर्नु यति ठुलो ब्याग बोकेर पनि १० रुपैया दिन नसक्ने । त्यस्तै अर्का युजर लेख्नछन् – श्रद्धा लाई यस्तो गर्नु लाज लाग्नु पर्ने हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर