नेपाल नेतृत्वको नेकपा एस दल रोजेका यी दुई सांसदलाई तत्काल कारवाही नगर्न सर्वोच्चको आदेश — OSNepal

नेपाल नेतृत्वको नेकपा एस दल रोजेका यी दुई सांसदलाई तत्काल कारवाही नगर्न सर्वोच्चको आदेश

LC (KTM) September 12, 2021 0

काठमाडौँ २७ भदौ । नेकपा एमालेबाट विभाजन भएर बनेको माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)मा सनाखत गर्न नदिएको भन्दै सर्वोच्चमा रिट दायर गरेका दुई सांसदलाई तत्काल कारवाही नगर्न सर्वोच्चले आदेश जारी गरेको छ ।

एमाले सांसदहरु प्रतिनिधिसभाका सोमप्रसाद पाण्डे र राष्ट्रियसभाका शारदादेवी भट्टलेनेकपा एसको अभिलेखमा आफ्नो नाम अद्यावधिक गर्न माग सर्वोच्चमा रिट दायर गरेका छन् ।

आज आइतबार बसेको न्यायाधीश मीरा खड्काको एकल इजलासले भदौ २९ गते दुवै पक्षलाई छलफलका लागि बोलाउने आदेश दिँदै कारवाही नगर्न आदेश जारी गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर