भारतमा २८ हजारभन्दा बढी सङ्क्रमित थपिए,३३८ जनाको मृत्यु — OSNepal

भारतमा २८ हजारभन्दा बढी सङ्क्रमित थपिए,३३८ जनाको मृत्यु

LC (KTM) September 12, 2021 0

नयाँदिल्ली, २७ भदौ- भारतमा कोरोनाभाइरसबाट थप २८ हजार ५९१ जना सङ्क्रमित थपिएका छन् । केन्द्रीय स्वास्थ्य मन्त्रालयले आइतबार बिहान दिएको जानकारीअनुसार नयाँ थपिएका सङ्क्रमितमध्ये २० हजार ४८७ जना केरलाका राज्यमा मात्रै रहेका छन् । पछिल्लो समय केरलामा दैनिक सङ्क्रमितको सङ्ख्या अत्यधिक धेरै देखिएको छ । भारतका बाँकी भू–भागमा भन्दा केरलामा सङ्क्रमितको सङ्ख्या धेरै देखिएको हो ।

भारतमा अहिलेसम्म कुल सङ्क्रमितको सङ्ख्या तीन करोड ३२ लाख ३६ हजार ३३० पुगेको पनि मन्त्रालयले जनाएको छ ।मन्त्रालयका अनुसार भारतमा अहिले कोरोनाभाइरसबाट सङ्क्रमित अवस्थामै रहेकाको सङ्ख्या तीन लाख ८४ हजार ९२१ रहेको छ ।

त्यसैगरी भारतमा कोरोनाभाइरसका कारण अहिलेसम्म मृत्यु भएकाको सङ्ख्या चार लाख ४२ हजार ६५५ पुगेको छ । तीमध्ये ३३८ जनाको पछिल्लो २४ घण्टामा मृत्यु भएको हो । सोही अवधिमा ३४ हजार ८८४ जना कोरोनाभाइरसबाट सङ्क्रमणमुक्त भएका छन् । सङ्क्रमणमुक्त भएकाको कुल सङ्ख्या भने तीन करोड २४ लाख नौ हजार ८४८ रहेको छ । भारतमा केही हप्तादेखि दैनिक सङ्क्रमितको सङ्ख्यामा वृद्धि हुँदै आएपनि पछिल्ला केही दिनमा घटबढ हुने गरेको पाइएको छ । (रासस÷एएनआई)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर