केबीसीको हट सीटमा गोल्ड मेडलिस्ट नीरज चोपडा र पी श्रीजेश , अमिताभ बच्चनले हौसिदै भने– हिन्दुस्तान जिन्दाबाद — OSNepal

केबीसीको हट सीटमा गोल्ड मेडलिस्ट नीरज चोपडा र पी श्रीजेश , अमिताभ बच्चनले हौसिदै भने– हिन्दुस्तान जिन्दाबाद

LC (KTM) September 12, 2021 0

भारतीय टेलिभिजनको एकदमै चर्चित रियालिटि शो कौन बनेगा करोडपति केबीसीको सिजन १३ लाई अडियन्सको रेस्पोन्स एकदमै राम्रो मिलिरहेको छ । केबीसी सुरु भए देखी नै एकदमै चर्चामा रहदै आएको छ ।

यस हप्ता भने केबीसीको हटसिटमा ओलम्पिकमा भारतको शान बढाएका नीरज चोपडा तथा पी श्रीजेश देखिने भएका छन् । सोनी टेलिभिजनले आफ्नो आधिकारीक इन्ष्टाग्राम एकाउण्टमा कौन बनेगा करोडपति १३ को एक प्रोमो भिडियो शेयर गरेको छ ।

यस एपिसोडमा ओलम्पिक बिजेता नीरज चोपडा तथा हक्की खेलाडी पी श्रीजेश देखिने भएका हुन् । हालै टोकियो ओलम्पिकमा जीत हाँसिल गरे संगै दुबै भारतका गर्व गर्न लायकका पात्र बनेका छन् ।

साथै उनीहरु एकदमै लोकप्रिय समेत भएका छन् । प्रोमोमा देख्न सकिन्छ कि दुबै जना स्टेजमा प्रबेश गर्छन् अनि महानायक अमिताभ बच्चनले हौसीदै चिच्याउँदै हिन्दुस्तान जिन्दाबाद भन्छन् । उनीहरु दुबै जनाको स्टेज प्रबेश एकदमै जोशले भरिएको देख्न सकिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर