प्रधानमन्त्री मोदीको शोक सन्देश देखेर बलिउड नायक अक्षय कुमार बने यसरी भावुक — OSNepal

प्रधानमन्त्री मोदीको शोक सन्देश देखेर बलिउड नायक अक्षय कुमार बने यसरी भावुक

LC (KTM) September 12, 2021 0

बलिउड अभिनेता अक्षय कुमार संग एकदमै नजिक रहेका छन् भारतका प्रधानमन्त्री नरेन्द्र मोदी । अक्षयले मोदी निवासमै पुगेर उनको अन्र्तबार्ता समेत लिए पछि उनीहरु दुबै बीचको घनिष्टता झन् प्रष्ट भएको थियो ।

यतिबेला अक्षय कुमार एकदमै शोकमा रहेका छन् । उनी एकदमै ब्यवसायिक समेत रहेको कुरा उनको आमाको निधनको दुई दिन पछि शुटिंगमा फर्किनुले पनि झल्काएको छ । यसैक्रममा उनी आमालाई सम्झिएर भावुक भएका छन् । भावुक हुनुको कारण भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नी आमाको निधनमा लामो शोक सन्देश पठाउनु रहेको छ ।

मोदीको सन्देश पछि उनी एकदमै भावुक बनेको भारतीय संचारमाध्यमहरुले जनाएका छन् । अक्षयले प्रधानमन्त्री मोदीले पठाएको शोक सन्देशलाई ट्विटर मा सेयर गरेका छन् । मोदीको शोक सन्देश ट्विट गर्दै अक्षयले लेखेका छन्, “आमाको निधनपछि पाएको सबै शोक सन्देशका लागि आभारी छु ।

माननीय प्रधानमन्त्रीको अदभूत इशारा प्रति पनि आभारी छु, उहाले मेरो दिवंगत आमाको लागि समय मिलाएर आफ्नो भावना व्यक्त गर्नुभयो । यो आनन्दको शब्द सधैँ मेरो साथमा रहने छ ।” उनले मोदीको शोक प्रति आभार ब्यक्त समेत गरेका छन् । हाल उनी फिल्मको शुटिंगका लागि बेलायतमा रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर