पत्रकारले रणबिर र दिपिकालाई फोटोका लागि अनुरोध गर्दा यसरी प्रश्न गरीन दीपिकाले — OSNepal

पत्रकारले रणबिर र दिपिकालाई फोटोका लागि अनुरोध गर्दा यसरी प्रश्न गरीन दीपिकाले

LC (KTM) September 13, 2021 0

बलिउड अभिनेत्री दीपिका पादुकोण तथा रणबीर सिंहले शनिबार ब्याड मिन्टन प्लेयर पीवी सिन्धु संग भेट गरेका छन् । जब तीनै जना स्टार्स बर्ली स्थित बेस्टियन रेष्टुरेण्ट बाट बाहिर निस्किरहेका थिए त्यतिबेला पैपरानी अर्थात फोटोपत्रकारले तस्बीर लिनका लागि उनीहरुलाई घेर्छन् ।

यसक्रममा दीपिका तथा रणबीरले पीबि सिन्धुलाई उनको कारमा राख्छन् । पीबिलाई बिदाइ गरेपछि पत्रकारले दीपिका तथा रणबीरको फोटोका लागि अनुरोध गर्छन् । यसैक्रममा दीपिकाको आँखा एक फोटोग्राफरको चप्पलमा पुग्छ । उनले फोटोग्राफर लाई भन्छिन्– तपाई आफ्नो चप्पल त पहिला लगाउनु होस् ।

यो सुनेर फोटोग्राफर भन्छन्– यो मेरो चप्पल हैन । दीपिकाले फेरी मुस्कुराउँदै भन्छिन्– तपाई कै हो । यती भनेर उनी चप्पल तिर औला देखाउँछिन् र रणबीर तर्फ फर्किएर हेर्दै हाँस्छिन् । पैपराजीको साथ दीपिकाको यस आकर्षक भिडियो अहिले सामाजिक सञ्जालमा एकदमै भाइरल भएको छ । धेरैले यो भिडियो लाई मन पराएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर