नेकपा एकीकृत समाजवादी पार्टीको प्रदेश नम्बर १ को संसदीय दलको नेतामा राजेन्द्र राई चयन — OSNepal

नेकपा एकीकृत समाजवादी पार्टीको प्रदेश नम्बर १ को संसदीय दलको नेतामा राजेन्द्र राई चयन

LC (KTM) September 13, 2021 0

काठमाडौं २८ भदौ । नेकपा (एकीकृत समाजवादी) पार्टीको प्रदेश नम्बर १ को संसदीय दलको नेतामा राजेन्द्र राई चयन भएका छन् ।

आज सोमबार बसेको प्रदेश संसदीय दलको बैठकले राईलाई दलको नेतामा चयन गरेको हो । माधव नेपाल नेतृत्वको नकेपा एसमा प्रदेश नम्बर १ बाट १० सांसद रहेका छन् ।

यस विषयमा आज प्रदेशसभा सचिवाललाई जानकारी गराउने नेकपा एस पार्टीको तयारी रहेको छ । पदेश १ मा मुख्यमन्त्री भएका भीम आचार्यको सरकार अल्पमतमा परेकाले यस प्रदेशमा नेकपा एसले आफ्नो सरकार बनाउन तयारीमा लागेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर