सुमन्द्र किनारमा बिदाको समयमा मस्ति गर्दै करीना कपुर खान, शेयर गरीन् फ्यानहरुका लागी यस्तो फोटो — OSNepal

सुमन्द्र किनारमा बिदाको समयमा मस्ति गर्दै करीना कपुर खान, शेयर गरीन् फ्यानहरुका लागी यस्तो फोटो

LC (KTM) September 16, 2021 0

बलिउड स्टार कपल करीना कपृुर खान तथा सैफ अली खान हरेक तिहार, जन्म दिन तथा बैबाहिक बर्ष गाँठ एकदमै धुमधामका साथ मनाउने गर्छन् । यहा सम्मकी यो कपल आफ्नो बच्चाको साथमा भेकेसन पनि एकदमै रमाइलो तरिकाले मनाउने गरेका छन् ।

अघिल्लो महिना सैफ अली खानको जन्मदिन मनाउनका लागि यो जोडी मालदीव भेकेसनमा गएको थियो । साथमा दुबै छोरा तैमुर खान र जहांगीर अली खान पनि लिएरै गएका थिए ।

यसका साथै कान्छो छोरा जहांगीरको ६ महिना पुरा भएको खुशीयाली पनि सोही बेला मनाएका थिए । केही दिन पछि करीनाले आफ्नो जन्मदिन मनाउदै छिन् ।

यसै सिलसिलामा उनी सैफ तथा परिवार संग एकपटक फेरी समुन्द्र किनारमा पुगेकी छिन् । हालै उनको एयरपोर्ट लुकले सबै फ्यानलाई एकदमै शक्डमा राखिदिएको छ ।

करीनाले जेह लाई आफ्नो काखमा लिएको र सैफ अली खान भने तैमुर संग क्यामरामा पोज दिईरहेको देख्न सकिन्छ । करीनाले आफ्नो भेकेसनको पहिलो झलक फ्यानहरु माझ शेयर गरेकी हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर