फेरी अस्ताए अर्का कलाकार, सुटिङकै क्रममा यसरी भयो दुखद निधन — OSNepal

फेरी अस्ताए अर्का कलाकार, सुटिङकै क्रममा यसरी भयो दुखद निधन

LC (KTM) September 19, 2021 0

काठमाडौं -हृदयघातका कारण कलाकार रमेश केसी ‘मट्टारे’को निधन भएको छ । उनको आइतबार हृदयघातका कारण निधन भएको हो ।‘आइतबार छन्दे स्टुडियोमा म्युजिक भिडियो सुटिङ गर्दै गर्दा हृदयघातका कारण ढलेका उनलाई उपचारका लागी बचाउन अस्पताल लगिए पनि बचाउन नसकिएको बताइएको छ ।

छन्दे स्टुडियो तारकेश्वर नगरपालिका वडा नं ६ महाँकालमा रहेको छ । उनी बिहानै सिरियल ‘हल्के हवल्दार’ टिमको एक म्युजिक भिडियो सुटिङका लागि पुगेका थिए । केसी लामो समय देखी मुटु सम्बन्धी रोगबाट पीडित थिए ।

उनको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको बताइएको छ ।उनी पछिल्लो समय सिरियल ‘एकादेशको चुरिफुरी’ ‘हर्के हवल्दार’ लगायतमा देखिँदै आएका थिए ।रंगमञ्चबाट अभिनय थालेका केसीले थुप्रै नाक, सडक नाटक, म्युजिक भिडियो, टेलिसिरियल र फिल्ममा पनि अभिनय गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर