प्रतिपक्षको आवाजलाई संसदमा दवाउ खोजेको भन्दै एमालेले जनायो आपत्ती, बजेट पारित गरेकोमा अशन्तुष्टि — OSNepal

प्रतिपक्षको आवाजलाई संसदमा दवाउ खोजेको भन्दै एमालेले जनायो आपत्ती, बजेट पारित गरेकोमा अशन्तुष्टि

LC (KTM) September 20, 2021 0

काठमाडौं ४ असोज । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सत्तापक्षले एकतर्फी रूपमा बजेट पारित गरेकोमा आपति जनाएको छ ।

प्रतिनिधिसभाको आज सोमबार बसेको संसद बैठकमा अर्थमन्त्री जनार्दन शर्माले प्रस्तुत् गरेका विनियोजन विधेयक २०७८ एमालेको विरोधका बाबजुत पनि बहुमतले पारित भएको थियो ।

बजेट पारित भएसँगै विपक्षीदल नेकपा एमालेले प्रतिपक्षको आवाजलाई संसदमा दवाउ खोजेको भन्दै सभामुखको कार्यशैली अलोकतान्त्रिक र संसदीय मर्यादाविपरीत रहेको बताएको छ ।

एमालेले माथि अन्याय भएको भन्दै एमाले मुख्य सचेतक विशाल भट्टराईले आफ्नो पार्टीमाथि गरिएको अन्याय नहटेसम्म अवरोध कायम रहने बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर