नेपाल आइडलका पुर्व ३ निर्णायक अब सारेगमप लिटिल च्याम्प्स तिर , के दर्शकको मन जित्ला त ? — OSNepal

नेपाल आइडलका पुर्व ३ निर्णायक अब सारेगमप लिटिल च्याम्प्स तिर , के दर्शकको मन जित्ला त ?

LC (KTM) September 20, 2021 0

नेपालकै सबैभन्दा चलेको गायन रियालिटी शो नेपाल आइडल पछि गायनकै लागि भनेर थुप्रै यस्ता शो हरु नेपालमा चलिरहेका छन् । त्यसो त सबैभन्दा पहिला नेपाली तारा भन्ने रियालिटी शो शुरु भएको हो । तर यसले निरन्तरता पाउन सकेन ।

त्यसपछि नेपाल आइडल, भ्वाइस अफ नेपाल जस्ता शो हरुले दर्शकको मन जित्न सफल भएका छन् । अब फेरि यसैक्रममा नेपाली गायन रियालिटी सो ‘सारेगमप लिटिल च्याम्प्स’को घोषणा भएको छ । राजधानीमा पत्रकार सम्मेलन नै गरेर यस शो को बारेमा जानकारी दिइएको हो ।

यस शो को निर्णायकहरुमा नेपाल आइडलका तीन निर्णायकहरु रहेका छन् । पछिल्लो समय उनीहरु नेपाल आइडल बाट बाहिरीएका थिए । अब यस सारेगम लिटिल च्याम्प्सको जर्जका रुपमा न्यूह बज्राचार्य, इन्दिरा जोशी तथा कालीप्रसाद बाँस्कोटा देखिने भएका छन् ।

कार्यक्रमको सञ्चालन कमेडि च्याम्पियनकी होस्ट रीमा विश्वकर्मा र मदनकृष्ण श्रेष्ठका छोरा यमनले गर्ने पक्का भएको छ । यो रियालिटी सो साताको शुक्रवार र शनिवार बेलुका ९ बजे ग्यालेक्सी फोर के र डोको युट्युब च्यानल बाट प्रसारण हुने जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर