नेकपा एमालेको अवरोधकाबीच पनि राष्ट्रिय सभाको बैठकमा विनियोजन विधेयक, २०७८ पेश — OSNepal

नेकपा एमालेको अवरोधकाबीच पनि राष्ट्रिय सभाको बैठकमा विनियोजन विधेयक, २०७८ पेश

LC (KTM) September 21, 2021 0

काठमाडौँ ५ असोज । आज बसेको राष्ट्रिय सभाको बैठकमा विनियोजन विधेयक, २०७८ पेश भएको छ ।

प्रमुख प्रतिपक्ष दल नेकपा९एमाले०को अवरोधकाबीच राष्ट्रिय सभाका सचिव राजेन्द्र फुयालले प्रतिनिधि सभाबाट सन्देश सहित प्राप्त भएको ‘विनियोजन विधेयक, २०७८’ राष्ट्रिय सभा समक्ष पेश गरेका हुन् ।

लगातार संसद बैठकमा समेत अवरोध गर्दै आएको एमालेले राष्ट्रिय सभामा समेत अवरोध गर्दै आएको छ । बैठकमा सहभागी भएका एमालेका ष्ट्रिय सभा सदस्य देवेन्द्र दाहालले आफ्नो माग पुरा नभएसम्म अवरोध कायन नै राख्ने बताएका छन् ।

पार्टीले कारवाही गरेको सुचना नटाँसेको भन्दै सभामुखको भुमिका प्रति नै एमालेले प्रश्न उठाएको छ । बैठक पुन १५ मिनेटका लागि स्थगित भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर