पूर्वाञ्चल इन्स्टिच्युट अफ फिल्म एन्ड टेलिभिजनको अध्यक्षमा दीपाश्री निरौला चयन — OSNepal

पूर्वाञ्चल इन्स्टिच्युट अफ फिल्म एन्ड टेलिभिजनको अध्यक्षमा दीपाश्री निरौला चयन

LC (KTM) September 21, 2021 0

अभिनेत्री तथा निर्देशक दीपाश्री निरौला पूर्वाञ्चल इन्स्टिच्युट अफ फिल्म एन्ड टेलिभिजनको अध्यक्षमा चयन भएकी छिन् । इटहरीमा आयोजित एक कार्यक्रमका बीच उनलाई अध्यक्षमा चयन गरिएको हो ।

त्यस्तै भेलाले संरक्षक, सल्लाहकार समिति समेत चयन गरेको छ । संरक्षकको रुपमा चलचित्र विकास बोर्डका पूर्वअध्यक्ष राजकुमार राईलाई चयन गरिएको छ । इन्स्टिच्युटको सल्लाहकार समिति समेत गठन भएको छ । जसको संयोजकमा फिल्मकर्मी महासंघ प्रदेश १ का अध्यक्ष अरुणकुमार प्रधान चयन भएका छन् ।

त्यस्तै सदस्यहरुमा अभिनेता दिनेश कोइराला र प्रकाश सुब्बालाई चयन गरिएको छ । इन्स्टिच्युटमा फिल्म निर्माणसँगै निर्देशन, पटकथा लेखन, छायांकन, अभिनय र सम्पादन लगायतका विषय पढाई हुने भएको छ । फिल्म मेकिङ सँगै डिरेक्सन, स्क्रिप्ट राईटिङ, सिनेमाटोग्राफी, अभिनय, एडिटिङ लगायतका कोर्सहरू पढाई हुने जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर