यी भोजपुरी नायिका जस्ले प्रत्येक बर्ष बिग बोसको अफर अस्वीकार गर्छिन् , आखिर यस्तो रहेछ कारण — OSNepal

यी भोजपुरी नायिका जस्ले प्रत्येक बर्ष बिग बोसको अफर अस्वीकार गर्छिन् , आखिर यस्तो रहेछ कारण

LC (KTM) September 21, 2021 0

बिग बोस १५ लाई लिएर यतिबेला सामाजिक सञ्जाल चर्चा परिचर्चा सुरु भएको छ । शो सुरु हुनु भन्दा अघि नै यस शो का प्रतिष्पर्धीहरुलाई लिएर फ्यानहरु एकदमै उत्सुक रहेका छन् । यस शो मा भाग लिनेहरुको लिस्ट पनि तयार भईसकेको छ ।

बिग बोस मा सधै भोजपुरी कलाकारको एकदमै धेरै मग रहने गर्छ । ओटीटी सिजनमा पनि भोजपुरी अभिनेत्री अक्षरा सिंहले दर्शकलाई एकदमै भरपुर मनोरञ्जन दिएकी थिईन् । सिजन १५ का लागि भोजपुरी प्रतिष्पर्धी लाई लिएर अहिले सम्म कुनै आधिकारीक जानकारी बाहिर आएको छैन ।

यसैक्रममा भोजपुरी अभिनेत्री रानी चर्टजीलाई हालै बिग बोसका लागि प्रस्ताव राखिएको थियो । तर रानीले हरेक बर्ष यो अफरलाई अस्विकार गरेकी छिन् । रानीले आजतक संग कुरा गर्दै उनले बिग बोसमा आफुलाई अफर आएको तर आफुले बिग बोसको हिस्सा नबन्ने प्रतिक्रिया दिएको बताएकी छिन् ।

उनले आफुले बिग बोसमा भन्दा बढी बाहिर नै पैसा कमाउने भएकोले बिग बोसमा नगएको प्रतिक्रिया दिएकी छिन् । उनले बिग बोसमा जति समय दिनुपर्छ त्यति नै समयमा बाहिर बाटै मनग्यै आम्दानी गर्न सकिने भएकोले त्यहाँ गएर त्यति धेरै लामो समय किन खेर फाल्नु भन्ने प्रतिक्रिया दिएकी छिन् । उनले बिग बोस एकदमै लामो गेम समेत रहेको बताएकी छिन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर