१ सय बर्षका बृद्धले उडाए बिमान , उनी संगै रहेका पाइलटले भने–यो दिन म कहिले बिर्सन सक्दिन — OSNepal

१ सय बर्षका बृद्धले उडाए बिमान , उनी संगै रहेका पाइलटले भने–यो दिन म कहिले बिर्सन सक्दिन

LC (KTM) September 22, 2021 0

आन्ध्र प्रदेशको पश्चिमी गोदावरी जिल्लामा बस्ने १ सय बर्षका रामुडु एक दिनको लागि को पाइलट बनेका छन् । उनले बेंगलुरुमा फ्लाइट इन्ष्ट्रक्टर आन्ड्रे मबेनको साथमा प्लेन उडाएका हुन् । आन्ड्रेले भनेका छन् कि आफ्नो ३० बर्षको करियरमा आजको दिन एकदमै यादगार रहनेछ किनकि उनले १ सय बर्षका को पाइलटको साथमा प्लेन उडाए ।

रामुडुको जन्म ९ जनवरी १९२१ मा भएको थियो । साथै उनी एक स्वतन्त्रता सेनानी समेत रहेका छन् । नाति नातिना संग भेट गर्न उनी ८ सेप्टेम्बरमा बेंगलुरु पुगेका थिए । उनलाई थाहा थिएन कि उनको परिवारले उनको लागि एकदमै ठुलो सरप्राइज दिने योजना बनाएका थिए ।

उनको नाति अरबिन्द रोंगलाले भने– उहालाई उड्न एकदमै मन पथ्र्याे । यहा आउनु भन्दा पहिलो उहा राजामन्दुरी एयरपोर्ट बाट चेन्नइ जानु भएको थियो । त्यहाँ केही काम गरेपछि फ्लाइट बाट बेंगलुरु आउनुभयो । उनका अनुसार हजुरबुवा ९६ बर्षको हुँदा दक्षिण अफ्रिका गएका थिए ।

रामुडु अघिल्लो शनिबार जक्कुर एयरपोर्ट बाट बिमान उडाएका छन् । एक सानो जेनिथ एयर ७०२ बिमान रहेको थियो जसमा पायलट र को–पायलटमात्र बस्न सक्ने ठाउँ थियो । उनी उत्साहीत हुदै पाइलटको छेउमा बसेर उडान भरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर