दैलेखमा लगातार दुई दिन परेको वर्षात्का कारण घर भत्कँदा एक जनाको मृत्यु — OSNepal

दैलेखमा लगातार दुई दिन परेको वर्षात्का कारण घर भत्कँदा एक जनाको मृत्यु

LC (KTM) May 21, 2021 0

लगातार दुई दिनयता परेको वर्षात्का कारण दैलेख जिल्लाको भैरवी गाउँपालिका–२ वालेसैनीमा घर भत्कँदा एक महिलाको मृ त्यु भएको छ । मृत्यु हुनेमा स्थानीयवासी जयबहादुर थापाकी ६२ वर्षीया श्रीमती लक्ष्मी रहनुभएको जनाइएको छ ।

आज बिहान १०ः३० बजेतिर थापाको दुईतले कच्ची घरको अगाडिको बरन्डा भत्किँदा घाइते हुनुभएका लक्ष्मीको उपचारका लागि अस्पताल ल्याइँदै गर्दा बाटामै मृ त्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख अनुपम श्रेष्ठले बताउनुभयो ।

लिफ्ट प्रणालीबाट खानीपानी :- शिखर नरपालिका–६ चुडी गाउँको खानेपानीको समस्या समाधान भएको छ । उक्त गाउँमा वर्षौ पहिलेदेखि खानेपानीको समस्या भएपछि नगरपालिकाले लिफ्ट प्रविधिको खानेपानी योजनामार्फत नागरिकका लागि शुद्ध खानेपानीको व्यवस्था मिलाएको छ ।

ग्रामिण जलस्रोत व्यवस्थापन परियोजना र नगरपालिकाको संयुक्त लगानीमा रु ३६ लाख ३४ हजार ८८८ को लागतमा उक्त लिफ्ट खानेपानी आयोजना निर्माण सम्पन्न भएको हो । आयोजना निर्माण भएसँगै वर्षौँदेखिको खानेपानीको समस्याबाट स्थानीयवासीले मुक्ति पाएका छन् । चुडी गाउँमा लिफ्ट प्रविधिको खानेपानी योजना निर्माण भई धारामा पानी आउन थालेपछि पानीका लागि एक घण्टा पैदल हिँड्नुपर्ने यहाँका नागरिकको समस्या समाधान भएको स्थानीयवासी डिल्लीराज फुलाराले बताउनुभयो । उक्त खानेपानी आयोजनाबाट स्थानीय ७० घर परिवार र एउटा स्कुलले सुविधा पाएका छन् ।

गाउँको बस्ती भन्दा कम्तिमा पनि २८२ मिटर तल रहेको मुहानबाट लिफ्ट प्रविधिबाट तानेको पानीलाई ट्याङ्कीमा भण्डारण गरी वितरण गरिएको उक्त खानेपानी उपभोक्ता समितिका अध्यक्ष टीका फुलाराले बताउनुभयो । उहाँका अनुसार उक्त आयोजनाअन्तर्गत गाउँ भरमा १२ धारा निर्माण गरिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर